कैलाली। कैलालीमा झुण्डिएको अवस्थामा एक महिला मृत फेला परेकी छन् । कैलालीको लम्कीचुहा नगरपालिका ६ बस्ने देभराज खत्रीकी २८ वर्षीय श्रीमती निरु खत्री मृत फेला परेकी हुन्। उनी त्यहाँस्थीत लाली गुराँस सामुदायिक बनमा दोपट्टाले झुण्डिएर आत्म हत्या गरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता वेद प्रकाश जोशीले जानकारी दिए।
खत्रीले २३ घण्टा पहिले आफ्नो फेसबुकमा फोटो राख्दै, कसैइको मन दुखाउनु मेरो रहर होहिन राम्रो गर्दापनि गलत सोहचछौ भने सधैको लागी टाढा भइदिन्छु भन्दै स्ट्याटस समेत लेखेको पाईएको छ। यद्धपी घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

