धनगढी। कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
कैलालीको घोडाघोडी नगरपालिका १० स्थित सशस्त्र प्रहरी ब्यारेक नजिक बुधबार राति ८ बजे सुपप्र ०१ ०१० प ४२८७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटना हूँदा मोटरसाइकल पछाडि सवार घोडाघोडी-९ का २७ वर्षीय हरिशरण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार मोटरसाइकलमा तीन जना सवार रहेको जनाइएको छ । त्यस्तै, मोटरसाइकल पछाडि सवार घोडाघोडी(९ कै २२ वर्षीय दिपेन्द्र चौधरी सामान्य घाइते भएका र चालक सोही ठाउँका ३० वर्षीय किसन चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।


