कैलाली। कैलालीको गोदावरी नगरपालिकामा जग्गा नापीको काम सुरु भएको छ । कैलालीको गोदावरी नगरपालिका- ५ बरबट्टाबाट नगरपालिकाले भूमिहिन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा गर्न सुरु गरेको हो ।
जग्गा नाप जाँचको गोदावरी नगरपालिकाका नगर प्रमुख हरी सिह साउँदले सुभारम्भ गरेका छन। उनले केन्द्रमा सरकार विगठन भएर आयोग विगठन हुँदा काममा ढिलाई भएको भएपनि अब काम दु्रत गतीमा अगाडी बढाईने बताए ।उनले अहिले पनि दक्ष प्राबिधिकको अभाव भएपनि त्यसलाई व्यवस्थापन गरिरहेको बताए। जग्गा नापीको सुभारम्भ कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले जग्गा नापीको काममा सहयोग गर्न स्थानीयलार्य आग्रह गरीन।
उनले जग्गा नापीको काममा विवाद भए काममा ढिलाई हुन सक्ने बताईन। भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अब्यवस्थित बसोवासीलाई व्यवस्थापन गर्न कैलालीको गोदावरी नगरपालिका र राष्ट्रिय भूमि आयोग बिच पुस २४ गते सम्झौता गरिएको थियो। यसअघि देवि प्रसाद ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग संग भएको सम्झौताको १ बर्ष पछि पुनः वर्तमान सरकारले गठन गरेको अर्को आयोग संग सम्झौता भएको थियो।
यसअघिको भूमिसम्बन्धी समस्या समाधान आयोग शेर वहादुर देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषद्बाट साउन १९ गते खारेज गरिएको थियो। भदौ २९ गते मन्त्रिपरिद्को बैठकबाट राष्ट्रिय भूमि आयोग गठन गरी अध्यक्षमा केशव निरौलालाई नियुक्त गरेपछि पुनः सम्झौता गरेर भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने काम अगाडी बढेको थियो। नगरपालिका भित्र १८ हजार ६४ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका लगत फारम संकलन गरिएको छ।


