दार्चुला। भारतले दार्चुलाको महाकाली नदिमा एकतर्फी रुपमा डोजर चलाएपछि स्थानीय आन्दोलित भएका छन्।
दार्चुलाको महाकाली नगरपालिका–४ स्थित महाकाली पारि एकलौटी तरिकाले नदीको धार परिवर्तन गर्नेको बिरोधमा दाचुर्लाबासी आन्दोलित भएका हुन्।भारत सरकारले एकलौटी तरिकारले नेपालतर्फ धार परिर्वचन गरी निर्माण भइरहेको तटबन्ध रोक्न त्यहाँका स्थानीयले माग गरेका छन्। शनिवार उनीहरुले सदरमुकाम खलंगास्थित आफ्नो भूमिबाट विरोध जनाएका छन्।
तटबन्ध निर्माण गर्न भारतीय पक्षले महाकाली नदी नेपालतिर फर्काउन खोज्दा स्थानीयबीच ढुंगा हानाहान भएको छ ।सभामुख उपसभामुखसहितको प्रदेशसभा सदस्यको टोली अहिले दार्चुलामा छ। तर उनीहरुले भारतीय पक्षले गरेको ज्यादती नदेखे झै गरेको स्थानीयको आरोप छ। ‘काँग्रेस सभापति पनि दार्चुलामा छन् तर भारतको प्रतिकार जनताले गर्नुपरेको छ’ स्थानीय लालसिंह धामीले भने।
यसअघि स्थानीयले तटबन्ध रोक्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराइसकेका छन्। तर तटबन्ध निर्माण कार्य नरोकिएकाले आफूहरु आन्दोलनमा उत्रिएको स्थानीयहरुले बताएका छन्। यस विषयमा राजनीतिक दल, स्थानीय प्रशासन र सरकार मौन रहेको स्थानीयले गुनासो गरेका छन।भिडीयो….


