धनगढी। कैलालीको धनगढीमा दुइ दिनसम्म सञ्चालन भएको होली हङ्गामा’ कार्यक्रम आज सम्पन्न भएको छ । धनगढीको रकस्टार मिडिया
र संयोजक टुईन्स डान्स एकेडेमीले होली पर्वको अवसरमा चैत ३ र ४ गते धनगढी उप–महानगरपालिकाको कार्यालयसँगै रहेको पार्कमा ‘होली हङ्गामा’ कार्यक्रममा आयोजना गरेको थियो ।
दुइ दिनसम्म सञ्चालन भएको होली हङ्गामा’ कार्यक्रममा धनगढीका स्थानीय कलाकारहरूको प्रस्तुति रहेको थियो । होलीको बिशेष दिन आज शुक्रबार स्थानीय कलाकारहरूको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरेको आयोजक जितेन्द्र रावलले जानकारी दिए ।आज शुक्रबार इन्टर नेशनल डिजे कल्पीत हमाल (सुदुरपश्चिम) ,मोडल मनिसा सिहँ ठकुरी, मोडल झरना बोहरा, मोडल प्रिङका कुँवर, मोडल कविता चौधरी लगायत कमेडीयन कलाकार भिम बिष्ट, रमेश बिजुली बिसीले दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए । यस्तै आयोजक मध्येका मनोज जेठाराले दुइ दिनसम्म सञ्चालन भएको होली हङ्गामा’ कार्यक्रममा ७ हजार बढी दर्शकले अवलोकन गरेको जानकारी दिएका छन। उनले सो कार्यक्रममा स्व.डिजे म्याक्स महेश रानाको सम्झनामा डिजे रमेश रानालाई सर्मपीत गरेको जानकारी दिए ।रानालाई संयोजकका तर्फबाट केशब बलायर, रकस्टार मिडियाका तर्फबाट जितेन्द्र रावलले सम्मान पत्र समर्पीत गरेका थिए ।
उनले भने सोचेजस्तै कार्यक्रम राम्रो भएको प्रतिक्रिया जनाए। कार्यक्रममा सहभागी हुन अथवा अवलोकन गर्न १०० र १५० रुपैयाँको टिकटको व्यवस्था गरिएको थियो । भने १५० रुपैयाँको टिकटको खरिदमा लक्की ड्र मार्फत एक जना विजेतालाई ३५ हजार मूल्य बराबरको मोबाइल सेट भोली प्रदान गरिने आयोजक केशब बलायरले जानकारी दिए । ‘होली हङ्गामा’ कार्यक्रम ब्यारोनको मुख्य प्रायोजन रहेको थियो भने सह प्रायोजकमा हिमालयन बोररी रहेको थियो ।आयोजकले उपस्थीत जनाउने सम्पुर्ण दर्शकहरुलाई धन्यवाद ब्यक्त गरेको जनाएको छ । 




