धनगढी। बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीमा कार्यालय प्रमुखको रुपमा कमल राज उपाध्याय आएका छन् । बिगत ८ महिना देखी कार्यालय प्रमुख बिहीन बनेको बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीमा कार्यालय प्रमुख आएपछि कामकाजमा सहजता आउने जनाइएको छ ।
कार्यालय प्रमुख बिहीन बन्दा बजार अनुगमन लगायत कार्यालयको अन्य कामकाजमा पनी समस्या भएको थियो । साखा अधिकृत स्तरको रुपमा कैलालीको जोशीपुर गाउँपालीकाका प्रमुख प्रसाशकिय अघिकृत कमल राज उपाध्याय पदस्थापन भैसकेका छन्। उनी यही २६ गते कार्यालयमा उपस्थीती भएका हुन् ।
कार्यालय प्रमुख नहुँदा बजार अनुगमनमा केवल खाद्यबस्तुको अनुगमन तथा निरीक्षण मात्रै भैरहेको थियो ।अनुगमनका क्रममा अखाद्य बस्तु फेला परेमा वा अनुचित ब्यापारीक कृयाकलाप गर्ने ब्यवसायीमाथि निर्देशन दिन, कार्वाही तथा जरीवाना गर्न समस्या भैरहेको निमीत्त कार्यालय प्रमुख समाल्दै आएका ललित प्रसाद पन्तले बताएका थिए ।
तै पनी चालु आर्थिक बर्षको पौष महिनासम्म २ सय ३४ कस्मेटिक, माछा मासुपसल, किराना तथा खाद्य फर्महरुको अनुगमन गरिएको बताए। जसमध्ये ८४ फर्म सामान्य अवस्थामा पाइएकोमा १५० फर्मलाई सामान्य निर्देशन दिइएको छ ।भने कस्मेटिक, अबैध सुर्तीजन्य पदार्थ, खाद्यान्न तथा पेन्ट लगायतका अखाद्य बस्तु जफत गरी ४ लाख ४४ हजार ४ सय ५६ मुल्यका सामान नष्ट गरिएको जनाइएको छ । यस्तै माघ मसान्तसम्ममा १९ वटा औषधी पसल, १४ वटा किराना कस्मेटिक पसलमा, हार्डवयर तथा ३ वटा दाना उद्योगमा अनुगमन गरिएको निमीत्त कार्यालय प्रमुख पन्तले बताएका छन् । उनले सो अवधीमा १५ हजार ९ सय ७० मुल्यको सामान जफत गरी नष्ट गरिएको जानकारी दिएका छन्।

