धनगढी। नवजीवन सहकारी संस्थाको २८औं साधारण सभाअन्तर्गत मतगणना शनिवार राती देखी जारी छ।
कैलालीको धनगढीमा प्रधान कार्यालय रहेको नवजीवन सहकारी संस्थाको नयाँ नेतृत्व चयनको मतगणनाअनुसार देवबहादुर बमको अग्रता छ। सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य रहेकोमा १७ हजार ८० मत खसेको थियो।
शनिवार रातीबाट मतगणना सुरु भएकोमा हाल सम्म पदाधिकारी ९४०० र सदस्य ८९०० को ताजा मत परिणाम छ। प्रमुख निर्वाचन अधिकृत लोकबहादुर बिष्टका अनुसार ९ हजार ४ सय मतगणना हुँदा बमले ४ हजार ७२४ मत पाएका छन् भने अध्यक्षका अर्का प्रत्यासी रतनबहादुर कठायतले ३ हजार ७५६ मत पाएका छन्। हालसम्म अध्यक्षका प्रत्यासी देवबहादुर बमको अग्रता कायमै रहेको छ ।(पदाधिकारी ९४०० र सदस्य ८९०० को मत मतगणनामा हेर्नुहोस नतिजा सुचिसहित )
बमका प्यानलबाट भरतराज जोशी उपाध्यक्ष पदमा र सदस्य पदमा इन्दिरा जैशी, गोपालराज पाठक, गोमाकुमारी अधिकारी, घनबहादुर शाह, पदमराज सापकोटा, प्रकाश जोशी, महेशराज बिष्ट, माधव चौधरी, रवि कुँवर, विश्वनाथ ओझा, र शिवकुमार जोशी फुलारा उम्मेदवार छन्।
लेखा समिति संयोजक पदमा मदराज ओझा तथा सदस्य पदमा गणेशप्रसाद उपाध्याय र सरस्वती वली उम्मेदवार रहेका छन्। यस्तै कठायतको प्यानलबाट चेतराज ओझा उपाध्यक्ष पदमा र उत्तमराज जोशी, रोम स्वाँर, केशवराज मिश्र, गणेश बम, गोपाल चौधरी, कृष्णबहादुर चौधरी, जयराज जोशी, पूर्ण जोशी, उपेन्द्र बिष्ट, भीमबहादुर बलायर र राधिकाकुमारी चौधरी सदस्य पदमा उम्मेदवार छन्। लेखा समिति संयोजक पदमा चेतराज जोशी र सदस्य पदमा लक्ष्मीराज पन्त र सीता विक उम्मेदवार छन्। (यद्धपी समयै निर्वाचन अधिकृतले सञ्चार माध्यमलाई सुचना उपलब्ध नगराईदा तथ्याङक अपडेटमा ढिलाई भैरहेको छ)


