कैलाली। कैलालीमा नदीमा डुबेर एक किशोरीको ज्यान गएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नं २ की १५ वर्षीया किशोरी खेमा खड्काको डुबेर मृत्यु भएको हो।
साथीहरुसँग नुहाउन गएकी उनको गोदावरीको ‘भाइरल’ काठेपुलमुनिको तलाउमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै अहिले मृतक खड्काको शव पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल पठाईएको छ। घटनासम्बन्धमा प्रहरीले थप अनुसन्धान थालेको छ।


