धनगढी । एमसीसी पास गरेको विरोधमा ६ कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले आज नेपाल बन्दको घोषणा गरेका छन्। बन्दकै क्रममा सोमबार बिहानै कैलालीको अत्तरिया चोकमा बन्दकर्ताले सवारी साधन रोकेर टायर जलाएका छन्।
नेपाल कम्युनिष्ट पार्टीको केन्दीय कार्यालय काठमाण्डौंमा बसेको बैठकले एमसीसीको विरोधस्वरुप आज एक दिनका लागि नेपाल बन्द गर्ने निर्णय गरेको थियो। अखिल ९क्रान्तिकारी० सुदूरपश्चिमका प्रदेश संयोजक पुस्कर जोशीका अनुसार आज सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।


