कैलाली। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुुदुुरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा रहेका मुक्त हलिया र वादी समुुदायको अवस्थाबारे स्थलगत निरीक्षण गरेकी छिन् ।
स्थलगत निरीक्षणपछि कैलालीको धनगढीमा आयोजित भूमि शासन तथा नीति निर्माण प्रक्रियामा स्थानीय सरकारको भूमिका विषयक, भूूमि संवाद कार्यक्रममा मन्त्री श्रेष्ठले भूूमि सम्बन्धी समस्या संविधानमा भएको व्यवस्था कार्यान्वयनमा आफूू प्रतिबद्ध भएर लागिरहेको बताएकी छिन्।
उनले लामो समयदेखि व्यवस्थापन हुन नसकीरहेको मुक्त कमैया, कम्लरी, हलिया, हरुवा र चरुवाहरुको समस्या समाधानका उपायसहित दिनेगरी अध्ययन समितिले प्रतिवेदन तयार परिरहेको र सोही प्रतिवेदनका आधारमा तीनै तहको समन्वयमा काम अघि बढाइने बताइन्। संविधानमा व्यवस्था भएअनुसार भूमिमहिन दलित, भूूमिहिन सुुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या दिगो रुपमा समाधान होस भनेर भूूमि र किसानका क्षेत्रमा काम गरिहेका सदस्य रहने गरी राष्ट्रिय भूूमि आयोगको गठन आदेश संशोधन गरी जिल्ला भूूमि आयोगहरु गठन गर्ने काम भइरहको पनि मन्त्री श्रेष्ठले बताइन्।
कानुन, ऐन नियमहरु बन्ने तर त्यसको कार्यान्वयन नहुनु मुख्य समस्या रहेको भन्दै मन्त्री श्रेष्ठले भूूमि सम्बन्धी समस्या समाधानका लागि संविधान र कानुनको कार्यान्वयन नै आफ्नो पहिलो प्राथमिकतामा रहेको पनि बताइन्। मन्त्री श्रेष्ठले भूूमि ऐन कार्यान्वयनमा समस्या देखिएकाले भूू–नियमावली निर्माणको काम सकेर मन्त्रीपरिषदमा लगिएको र त्यो छिटो पास होस भनेर आफुु लागि रहेको पनि जानकारी दिइन्। छलफलका क्रममा कमैया र कमलरीका प्रतिनिधिहरूले कमैया र कमलरीको व्यवस्थापन लामो समयसम्म हुन नसक्दा समस्या बढ्दै गैरहेको, कमलरीहरु थप पिडामा रहेको बताएका थिए ।
उनीहरूले कमलरीको समस्या समाधान नहुँदा, बालविवाहको समस्या बढेको, कमलरीहरूलाई शिक्षाकालागि पर्याप्त रूपमा छात्रावृत्ति नहुँदा बिचमा नै पढाइ छोड्नु पर्ने अवस्था आएको, होस्टेलबाट निस्कने उमेरका कमलरीहरू जग्गा र घर नभएकाले अब कहाँ जाने भन्ने अवस्थामा रहेको लगायतका समस्या सुनाएका थिए । उनीहरूले छिटोभन्दा छिटो समस्या समाधन हुन सके आफुजस्ता कमलरीहरुको भविष्य राम्रो हुने भन्दै सरकारले तोके अनुसार जग्गा, आवास, शिक्षा, सिपमुलक तालिम र स्वास्थ्यको व्यवस्थापनका लागि पहल गरिदिन आग्रह समेत गरेका छन्।


