काठमाडौं। प्रहरी प्रधान कार्यालयले लामो समयदेखि कार्यालयमा नआएका १२ जना प्रहरी जवानलाई हाजिर हुन आउन सात दिने म्याद दिएको छ।
आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक सूचना जारी गरी बाटोको म्यादबाहेक सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको हो।
कार्यालयले केही महिनादेखि सम्बन्धित कार्यालयमा हाजिर नभएका तथा खोजबिन गर्दा पनि सम्पर्कमा नआएका ती १२ जनालाई ७ दिनभित्र स्पष्टिकरण पेस गर्न भनेको छ। सात दिनभित्र पनि सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।सम्पर्कमा नआएमा सेवाबाट हटाइने चेतावनी पनि मंगलबार जारी गरिएको सार्वजनिक सूचनामा उल्लेख छ।
सम्पर्कमा नआएकाहरुमा प्रहरी जवानहरु राज कुमार शाह, डिलबहादुर पुन मगर, विजेन्द्र कार्की, आशाराम महतो, बुद्धबिर तामाङ र मुस्कान बान्तवा छन् । यसैगरी अन्य प्रहरी जवानहरु विष्णु विक, अर्जुन पुन, रामचन्द्र जोशी, गणेशसिंह धामी, केशव बुढाथोकी र पवन विकलाई पनि सम्पर्कमा आउन सात दिने म्याद दिइएको छ ।


