कैलाली। कैलालीमा विवाहमा कुटपिट भएपछि एक जनाको मृत्यु भएको छ । कैलालीको भजनी नगरपालिका–९ स्थित विवाहमा भएको झगडामा कुटपिटबाट एक जना युवकको मृत्यु भएको हो। मृत्यु हुनेमा सोही ठाउँ बस्ने २५ वर्षीय बसन्त चौधरी रहेका छन् ।
आइतबार राति कुटपिटबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ । विवाहमा बसन्त सहित सोही ठाउँ बस्ने २० वर्षीय दिनेश बिष्ट, गणेश सिंह, २५ वर्षीय लक्ष्मण बराल, २३ वर्षीय किशन बडैला, २३ वर्षीय प्रदिप कार्की, २५ वर्षीय दिपक अवस्थी लगायतका व्यक्तिहरू नाचगान गर्नेक्रममा विवाद भएको थियो ।
विवाद चर्कदै गएपछि कुटपिटहुँदा बसन्तका गम्भीर घाइते भएका थिए । उनको घोडाघोडी अस्पताल सुख्खड कैलाली हुँदै मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । कुटपिटमा संलग्न ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । मुद्दा दर्तापछि उनीहरुको नाम सार्वजनिक गर्ने जनाइएको छ ।


