कञ्चनपुर। कञ्चनपुरबाट कैलालीका २ जना लागुऔषधसहित पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण व्यूरो कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय गुलरीयाबाट प्रहरी नायब निरीक्षक राधाकृष्ण नाथको कमाण्डमा खटिएको सयुक्त प्रहरी टोलिले कञ्चनपुरको कृष्णपुर नगरपालीकाबाट २ जनालाई लागुऔषधसहित पक्राउ गरेको हो।
कञ्चनपुर कृष्णपुर नगरपालीका वडा नंम्बर ५ गजरौलाबाट कैलाली गोदावरी नगरपालीका ३ का १९ बर्षीय प्रकाश दत्त पन्त र सोही ठाउँका ४९ बर्षिय राज दत्त पन्तलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनीहरु दुबैको साथबाट लुकाई छिपाई गरी राखेको अवस्थामा ९ सय ३४ ग्राम लागुऔषध चरेश बरामद गरीएको छ । उनीहरु दुबै जनालाई पक्राउ गरी कानून बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।


