धनगढी। धनगढीको एसटिएस सिनेमाहल भोलिदेखि खुल्ने भएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणकालागि बन्द गरिएको धनगढीको एसटिएस सिनेमा हल खुल्ने भएको हो।
मंगलबारदेखि देशभरी बन्द भएका सिनेमा हल खुल्ने भएपछि धनगढी र महेन्द्रनगरका हलहरु खुल्ने भएको जनाइएको छ । कोरोना महामारीका कारण सरकारले ३ माघबाट सिनेमा हल बन्द गरेको थियो।
हाल स्वास्थ मापदण्ड अपनाई सिनेमाहल खुला गर्न अनुमति पाएपछि खोपकार्ड हेरेर दर्शकलाई प्रवेश गराइने एसटिएस सिनेमा हल धनगढीका म्यानेजर योगेन्द्र नायकले जानकारी दिए । म्यानेजर नायकका अनुसार भोलि नेपाली चलचित्र चपली हाइट र पर्सीबाट साउथ इन्डियन चलचित्र खेलाडी लाग्ने भएको बताएका छन् ।


