धनगढी। कैलालीको धनगढीमा लेनदेन र चोरी मुद्धाका २ जना फरार प्रतिवादी पक्राउ गरेका छन्। जिल्ला अदालत कैलालीबाट लेनदेन र चोरी मुद्दा मुद्दाका २ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो।
कैलाली जिल्ला अदालतको मिति २०७८ पौष २३ गते आदेशले लेनदेन मुद्दामा ९५ हजार ८३० जरिवाना र ६ महिना कैद सजाय भई फरार रहेका धनगढी १० का २९ वर्षीय राकेश रानालाई आज पक्राउ गरेको हो।
यस्तै मिति २०७६असार १८ गतेको फैसलाले चोरी मुद्धामा ६ हजार जरिवाना ३ महिना कैद सजाय पाएका धनगढी १ का २६ वर्षीय बिपिन मल्ललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरी सम्मानित कैलाली जिल्ला अदालतमा उपस्थित गराएको जानकारी दिएको छ।


