कैलाली ।कैलालीमा वन अधिकृतलाई कालोमोसो दल्ने विप्लव कार्यकर्ता सार्वजनिक गरिएको छ।
अपरिचित ५/६ जना व्यक्तिहरुले कैलालीको भजनी नगरपालिका वडा नं ९ स्थित पच्मोडिया सव-डिभिजन बन कार्यालयमा कार्यरत सहायक बन अधिकृत विश्व राज पण्डितलाई कालो मोसो लगाएको भन्ने जानकारी प्राप्त भए पश्चात प्रहरीले खोज तलास गरेको थियो।
कर्मचारीलाई कालो मोसो दलेर फरार रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ता समेत रहेका पहल पुनमगरलाई सार्वजनिक गरिएको कैलाली प्रहरीले जनाएको छ। वन कर्मचारीलाई कालो मोसो दलेको आरोपमा कैलारी गाउँपालिकाबाट आज बिहान ५ बजे उनी पक्राउ परेका हुन्। डिभिजन वन कार्यालयका सहायक वन अधिकृत विश्वराज पण्डितलाई मोसो दलेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
अभद्र व्यवहार मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय कैलालीबाट दिन ५ म्याद थप भई थप अनुसन्धान तथा अन्य संलग्न व्यक्तिहरुको खोज तलास कार्य भईरहेको कैलाली प्रहरीले जनाएको छ। आफूहरु विप्लवको कार्यकर्ता भन्दै यहि माघ १७ गते पण्डितलाई कालोमोसो दलिएको थियो। उनीहरुले चन्दा आतंकको विरोध गरेको भन्दै एक्कासी दुव्र्यवहार गरेको पण्डितले बताएका थिए। उक्त सव डिभिजनअन्तर्गत पर्ने कैलालीका सामुदायिक वनमा विप्लवका कार्यकर्ताले चन्दा असुली गर्दै आएका छन्। सामुदायिक वनमा आफूले तोकेको रकम चन्दास्वरुप नदिएमा भौतिक कारबाही गर्ने धम्की दिन थालेपछि सामुदायिक वनहरुले समूहमा निर्णय गरेर नेपाल कम्युनिष्ट पार्टीलाई लाखौं रकम चन्दा दिएका छन्।सम्बन्धित समााचार…
कैलालीमा वन अधिकृतलाई मोसो दल्ने विप्लवका कार्यकर्ताविरुद्ध प्रहरीमा जाहेरी


