कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका ९ खल्ला मछिट्टी नजिकै महाकाली नदीमा भारतले तुईन बनाउन लागेको छ । भारतले एकलौटी रूपमा नेपाली भुमि प्रयोग गरेर तुईन बनाईरहेको छ।
तुईन बनाउन भारतले नेपाली मजदुर समेत प्रयोग गरेको पाईएको छ । भारतले किन तुईन बनाउदै छ भन्ने बारेमा कञचनपुर जिल्ला प्रशासन कार्यालयलाई जानकरी समेत भएको छैन ।कञ्चनपुरका एक युवाको समुहले भारतले बनाउन लागेको तुईनको फोटो र भिडियो सामाजिक संञ्जालमा राखेको छ।
भारतले एकलैटी रूपमा बनाई रहेको तुईन बारेमा नेकपा पार्टी कञ्चनपुरका नगर सेक्रेटी दिपेन्द्र ऐेरीले समाजिक सञ्जाल मार्फत बिरोध गर्दै भारतले गरेका सिमा अतिक्रमणको भत्सना गरेका छन। यता अखिल (क्रान्तिकारीले सहमति बिनानै भारतीय पक्षले एक्लौटी तरिकाले तुईन निर्माण गर्दै गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको र उक्त कार्य तत्काल रोक्न प्रसासनसँग अपील गरिएको छ। उक्त कार्य नरोकिए शसक्त संघर्षमा उत्रिन बाध्य हुने जनाइएको छ । भारतीय ज्यादती बन्द, सिमा सुरक्षाको ग्यारेन्टी, लाचार सरकार तत्काल राजिनामाको माग समेत गरिएको छ । तुईन बनिरहेको बारेमा भीमदत्त नगरपालिका लाई समेत जानकारी छैन। कञ्चनपुरमा भारतले पटक पटक नेपाली भुमि अतिक्रमण गर्दै आएको भए पनि सरकारले सिमाको बारेमा ठोस पहल कदम गर्न सकेको छैन ।


