कञ्चनपुर। कञ्चनपुरमा ज्यानसम्बन्धी मुद्दाका फरार प्रतिवादी अठार वर्षपछि पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरी टोलीले कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ का ४२ वर्षीय देव सिंह धामीलाई अठार वर्षपछि आज पक्राउ गरेको हो। वारदात गरी विसं २०६० साल जेठ १५ गतेदेखि धामी फरार रहेका उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहअनुसार दोधारा चाँदनी नगरपालिका–१ मा लुकिछिपी बसेका बेला धामीलाई पक्राउ गरीएको बताए। पक्राउ परेका धामीलाई प्रहरीले आज कञ्चनपुर जिल्ला अदालतमा पेस गरी सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धानको कार्य गरिरहेको छ।


