धनगढी। सामुदायीक वनको अधिकार कटौती गर्ने वन नियमावली खारेजीको माग गर्दै धनगढीमा बिरोध प्रर्दशन गरिएको छ।
सामुदायिक वन उपभोक्ता सहासंघ सुदूरपश्चिम प्रदेश महासंघ कैलालीले धनगढीमा नाराबाजीसहित मुख्यमन्त्री कार्यालय अगाडी बिरोध प्रदर्शन गरेको हो। सामुदायीक वनको अधिकार कटौती गर्ने गरी तयार गरिएको वन नियमावली २०७८ को मस्यौदा, प्रदेश वन ऐन, संरक्षित वन बिस्तार, तेहरो कर तथा वन पैदावारमा लगाइएको प्रतिवन्धको बिरुद्धमा आन्दोलन गरेका हुन्।
उनीहरुले मुख्यमन्त्री कार्यालय अगाडी नाराबाजी गर्दै सामुदायिक वनमा भइरहेको प्रतिगमन अन्त्य गर, सामुदायिक वनको अधिकार सुनिश्चित गर, सार्वजनिक वन अधिकार विरोधी कानुन खारेज गर, सामुदायीक वनमा लगाएको तेहरो कर खारेज गर, मानव अधिकार बिरोधी राष्टिय निकुञ्ज तथा बन्य जन्तु संरक्षण ऐन खारेज गर लगायतका नारासहित प्रदर्शन गरीएको जनाइएको छ ।



