बाजुरा। बाजुरामा मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। भने एकजना गम्भीर घाइते भएका छन्। बाजुराको बुढीगंगा नगरपालिका–६ बाम्का बजार नजिकै गएराति मोटरसाईकल दुर्घटना हुँदा
अछाम बाम्का बजारमा सुनचादी गहना पसलको व्यवसायी बलबहादुर सुनारको घटनास्थलमै मृत्यु भएको हो।
सु.प्र.प. ०१-००८ प ४०५० नम्मरको सो मोटरसाईकल हिजो राति फालासैनबाट बाम्का बजार जादै गर्दा अनियन्त्रीत भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । यस्तै मोटरसाईकलमा सवार रहेका त्रिवेणी नगरपालिका –४ का गगन साउँद घाईते भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार साउँद गम्भीर घाईते भएकाले अछामको बयालपाटा अस्पतालमा उपचार भईरहेको छ ।

