कैलाली। नेपाल परिवार दलको भातृ संगठन नेपाली प्रवासी परिवार (भारत) राजस्थान राज्य समिति गठन गरिएको छ। लोकेश बिकको अध्यक्षतामा नेपाली प्रवासी परिवार (भारत) राजस्थान राज्य समितिमा ४१ जनाको कमिटी गठन गरिएको हो ।
नेपाल परिवार दलको भातृ संगठन नेपाली प्रवासी परिवार भारत राजस्थान राज्य समिति गठन कार्यक्रममा प्रमुख अतिथि पार्टीका सयोजक खडक नागरी रहेका थिए। विशिष्ट अतिथिमा केन्द्रीय सदस्य बिष्णु बिके, कंचनपुर जिल्लाका जिल्ला अध्यक्ष प्रेम परियार, पिस फोर्सका केन्द्रीय सदस्य अजय जैरुको सहभागिता रहेको थियो। यस्तै राजस्थानमा बसोबास गर्दै आएका समाज सेविहरुको पनि सहभागीता रहेको थियो।
कार्यक्रममा स्वागत मन्तव्य पदम नेपालीले राखेका थिए। नेपाल परिवार दलका कंचनपुर जिल्ला अध्यक्ष प्रेम परियारले युवाहरू परदेशीनुको कारण देशको सरकारले मतलबै नगरेको र अब परिवार दल पार्टीले युवाहरूकोलागि केही स्वादेशमै केही रोजगारी सृजना गर्ने बताए । यस्तै केन्द्रीय सदस्य बिष्णु बिकेले नेपाल परिवार दल पार्टी अरुको पार्टी भन्दा फरक रहेको र अब देशको मुहार फेर्न परिवार दलबाट मात्र सम्भब रहेको मन्तव्य राखेकी थिइन्।
प्रमुख अतिथि तथा पार्टीका सयोजक खडक नागरीले प्रवासमा रहेका नेपालीहरुको हकहितलागि प्रवासीको समिति घोषणा गरेका हुन्। कुनै पनि प्रवाशीहरुलाइ भारतमा समस्या पर्दा पार्टीले सधै र आफ्नो ब्याक्तिगत तर्फबाट सहयोग गर्ने प्रतिब्दता सहित मन्तव्य राखेका थिए। नेपाली प्रवासी परिवार भारतको ४१ जनाको कमिटी गठन गरिएको छ। जसको अध्यक्षमा लोकेश बिक चयन भएका छन् । यस्तै उपाध्यक्षमा डमरु कोलि,सचिवमा देब बहादुर वलि,सह-सचिव दिपक नेपाली, कोषाध्यक्ष स्पदम बहादुर दमाई चयन भएका छन् । यस्तै सदस्यमा दिपक कोलि,शकर कामि,ब कामी, प्रताप सिह, प्रदिप ताम्राकार,दिपक नेपाली,मिलन बिक,अजय नागरी, नारद आउजी, तेज नागरी,सुजन परियार,करन कोलि,गिरि कोलि,किसन कोलि,जगदीश बिक, डिले बिक, हर्ष बिक,तेज कामी, गणेश दमाई, माधब नेपाली, देब साउद, दिपक कोलि,करन बिक,थेने बिम, राम कामी,लाल बिक, राम बिक,किसन वलि, लाल कामी, देब बहादुर पार्की, गणेश नेपाली चयन भएका छन् ।

