कैलाली। कैलालीमा साढे ४ किलो चरेश सहित २ जना पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय कैलालीले गौरीगंगा नगरपालिका – १० उदासिपुर स्थित भित्री सडकखण्डबाट २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बझाङ साविक खिरातडी गाविस -७ घर भई हाल गौरीगंगा नगरपालिका – ८ चमारीपुर बस्ने ५३ बर्षिय मान बहादुर धामी र सोही ठाउँका ३० बर्षिय बिर्ख धामी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीले पक्राउ परेका दुवै जनाले प्रयोग गरेको से २ प ४११५ नंबरको मोटरसाईकल समेत बरामद गरेको जनाएको छ । उनीहरुमाथी लागू औषध (चरेश) मुद्दामा थप अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।


