कञ्चनपुर। कञ्चनपुरको पुनर्वासबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन्। शुक्रबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी चौकी परासनबाट खटिएको प्रहरी गस्ती टोलिले कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजार नेपाल भारत सिमाबाट एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १ कटान बस्ने १९ बर्षीय कुबेर सिँह पार्की रहेका छन्। उनलाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट लागु औषध NITRAVET-10 लेखेको ट्याब्लेट थान ६० ९साठी० र PROXYWEL SPAS क्याब्सुल थान २८ (अठाईस) गरी जम्मा ८८ (अठासी) ट्याप्लेट बरामद गरिएको छ । १९ बर्षीय कुबेर सिँह पार्कीलाई पक्राउ गरी कानून बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


