कञ्चनपुर। कञ्चनपुरमा मिलको पट्टामा बेरिएर बालिकाको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुरमा मिलको पट्टामा बेरिएर कृष्णपुर नगरपालिका वडा नम्बर १ मा रहेको मिलको पट्टामा दिल बहादुर खत्रीकी ११ वर्षीया छोरी ललिता खत्रीको मृत्यु भएको हो।
कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्ला भन्ने स्थानमा मोहन बहादुर बस्नेतले सञ्चालन गरेको मिलमा बेरिएर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । आज दिउँसोको समयमा खेल्ने क्रममा अचानक चलिरहेको मिलको पट्टामा बेरिएर ललिताको मृत्यु भएको हो । मृतक बालिकाको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।


