धनगढी। कैलालीमा आज अनेरास्ववियूले सरकारी गाडी चल्न नदिइने भएको छ ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको बिरोधमा आज कैलालीमा सरकारी सवारी साधन संचालनमा रोक लगाइने भएको हो। मूल्यवृृद्धिको विरोधमा आन्दोलनरत अनेरास्ववियू कैलाली जिल्ला कमिटीले सरकारी नम्बरका प्लेटका सवारी साधनलाई चल्न नदिने जनाएको छ।
अनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाहले देशैभर विरोध कार्यक्रम अनुसार ‘विरोध कार्यक्रमको अवज्ञा गरेर सवारी चलाएमा हामी साँचो नियन्त्रणमा लिने बताए । उनले मूल्यवृद्धि फिर्ताको माग राख्दै ज्ञापन पत्र बुझाउनेदेखि शान्तिपूर्ण र्यालीको आयोजना गर्दा पनि सरकारले चासो नदिएको जानकारी दिए। कोरोना कहरले आक्रान्त भएका जनता यस्तो बेला सरकारले राहत दिनु पर्ने हो, तर सरकारले आहत दिएपछि हामी आन्दोलनमा उत्रिन बाध्य भएको बताए । यदि हामी मूल्यवृद्धि फिर्ता नहुँदासम्म चरणबद्ध आन्दोलन गर्नेछौँ, उनले भने ।

