काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका अध्यक्ष महन्थ ठाकुरले आफ्ना मागहरुबारे पुनः स्मरण गराएका छन् ।
बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गर्दै ठाकुरले आफूहरुले यसअघि उठाएको माग बारे के भइरहेको छ ? भन्दै प्रधानमन्त्रीलाई प्रश्नसमेत गरेका थिए । देउवाले प्रधानमन्त्री हुँदा आफूहरुको माग सम्बोधन गर्छु भनेको स्मरण गराउँदै ठाकुरले त्यसबारे प्रश्न गरेको उनीनिकट एक नेताले बताए ।
लोसपाले संविधान संशोधन, रेशम चौधरीलगायतको रिहाइ र मधेस आन्दोलनमा लागेका मुद्दा फिर्ता, नागरिकता समस्या समाधानलगायतको माग राख्दै आएको छ । ठाकुरको प्रश्नमा प्रधानमन्त्री देउवाले आफू सो मागमा सकारात्मक रहेको जवाफ दिएको स्रोतको भनाइ छ । भेटमा देउवाले आगामी दिनमा सहकार्य गरेर अघि बढ्न प्रस्ताव गरेका थिए ।


