अछाम । सुदुरपश्चिममा पर्यटकीय पूर्वाधारको बजेट दुरुपयोग भएको पाइएको छ । सुदूरपश्चिम क्षेत्रकै प्रमुख पयर्टकीय क्षेत्रको रुपमा रहेको अछामको रामारोशनको पूर्वाधार विकासका लागि डेढ दशक अघिबाट बजेट विनियोजन हुँदै आएपनी त्यसयता पर्यटकीय पूर्वाधारको बजेट दुरुपयोग भएको पाइएको हो।
रामारोशन क्षेत्रका स्थानियहरुले रामारोशनको विकासका लागि विभिन्न प्रस्तावहरू पेश गर्दै बजेट ल्याउदै आफू अनुकुल प्रयोग गर्नाले बजेट विनियोजन अनुसारको काम नभएको बताएका छन् । रामारोशन क्षेत्रका जानकार गोपि खनालले हालसम्म रामारोशन पर्यटकीय क्षेत्रको नाममा कति बजेट आयो र के कती विकास भयो भन्ने एकिन विवरण कुनै पनि निकायसंँग छैन । स्थानीय तह गठन अगाडी पनि रामारोशनको नाममा करोडौं बढीको बजेट आएको र सहि सदुपयोग नभएको उनको भनाई छ ।
विभिन्न व्यक्तिले रामारोशनको नाममा बजेट ल्याउने तर काम नगर्ने प्रवृतीले बजेट अनुसारको काम कहिल्यै भएन’ उनले भने, ‘रामारोशनमा आवश्यकताको आधारमा नभइ व्यक्तिको इच्छा अनुसार बजेट आयो । करोडौंको बजेट यो क्षेत्रमा खर्च भएको छ । तर ,उपलब्धि केही पनि देखिदैन ।’ बजेट पठाउने निकायले कुनै अनुगमन, नियमन नगरेको कारण रामारोशन पर्यटकीय क्षेत्रको विकास हुन नसकेको खनाल बताउछन् ।‘ उनकाअनुसार राजनैतिक पहुँचको आधारमा बजेट ल्याउछन् । अगाडीनै बजेट दिने र ल्याउनेहरू बीच कमिसनको चलखेल हुन्छ । ‘अहिलेसम्म रामारोशनलाई कमाइ खाने भाडो मात्रै बनाएको देखिन्छ’ उनले भने ।
रामारोशनको संरक्षण नहुँदा तालहरू सुक्ने अवस्थामा पुगेको, पानीको सतह बर्षेनी घट्न थालेको ,जडिबुटीको अवैध निकासी, वन्यजन्तुको चोरी सिकार पहिलेभन्दा बढेको छ । ‘प्राकृतिक कुराहरू लोप हुँदै जान थालेका छन् । ‘विकास खासै हुन सकेको छैन । सिमसार क्षेत्र समेत अहिलेसम्म घोषणा भएको छैन’ उनले भने ।
गत आर्थिक वर्षमा रामारोशन क्षेत्र पर्यटन तथा व्यवस्थापन समिति गठन भएपछि भने एकद्धार प्रणालीबाट बजेट आइररहेको समितिका कार्यकारी निर्देशक गंगा कुँवर (बुढा)ले बताइन् । तर , त्यअघि रामारोशन पर्यटन विकासका लागि के कती बजेट आयो र के मा अर्च भयो भन्ने समितिलाई कुनै जानकारी नभएको उनले बताइन् । उनका अनुसार गत आवमा उक्त क्षेत्रको विकासका लागि प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट एक करोड रुपैया आएको थियो । ‘त्यसमा चालुमा ६२ लाख थियो भने पुँजीगत बजेटमा ३८ लाख मात्रै थियो’ कुवरले भनिन । ‘चालु बजेट बाट कार्यालय व्यवस्थापन, कर्मचारीको तलब भत्ता जस्ता कार्यालयको काममा खर्च भयो’ कार्यकारी निर्देशक कुँवरले भनिन, ‘३८ लाख भौतिक पुर्वाधार निर्माण , विभिन्न तालिम गोष्ठिमा खर्च भयो ।’
हृालसम्म स्थानीय सरकार र प्रदेश सरकारले रामारोशन क्षेत्रको विकासका लागि केही बजेट विनियोजन गरेपनि संघ सरकारले हालसम्म कुनै बजेट विनियोजन नगरेको कुँवरको भनाइ छ । गत आवमा शौचालय निर्माण, वनभोजस्थल निर्माण ,पैदल मार्ग निर्माण जिंगाले ताल सरसफाइ, होर्डिङ बोर्ड निर्माण गरिएको उनले बताइन् ।‘ उनकाअनुसार पहिले पनि बजेट आउथ्यो । कतै सडक निर्माण, कतै गोरेटो बाटो निर्माणमा सकिन्थ्यो । ‘अहिले हामीले रामारोशनमा जे आवश्यक छ त्यसैलाई आधार मानेर योजना बनाएका छौं । त्यसै अनुसार खर्च पनि गरेका छौं’उनले भनिन् ,‘पहिलभन्दा हाम्रो टिम आइसकेपछि रामारोशनमा केही भौतिक प्रगति भएको छ ।कान्तीपुरबाट

