धनगढी। नेपाल परिवार दलको पहल तथा टीजुची फाउण्डेशनको सहयोगमा धनगढी उपमहानगरपालीका वडा नम्बर १ मा ५० पिस ब्लाङ्केट वितरण गरिएको छ ।
आज (शनिवार) नेपाल परिवार दलको युवा नेता खडक नागरीको पहल तथा टीजुची फाउण्डेशनको सहयोगमा धनगढी उपमहानगरपालिका वडा नम्बर १ का बृद्धा, गरिब तथा एकल महिलाहरुलाइ ५० पिस बलाङकेट वितरण गरिएको हो।
दैनिक चिसो बढ्दै गइरहेको अवस्थामा बृद्धा, गरिब तथा एकल महिलाहरु समस्यामा परेको भन्दै नेपाल परिवार दलको पहल तथा टीजुची फाउण्डेशनको सहयोगमा ब्लाङ्केट वितरण गरिएको परिवार दलका युवा नेता खडक नागरीले जानकारी दिए । ब्लाङ्केट वितरण कार्यक्रममा नेपाल परिवार दलका जिल्ला अध्यक्ष बिशाल चौधरी ,केन्द्रीय सदस्य शंकर राज ढकाल, केन्द्रीय सदस्य बिष्णु विके प्रदेश सदस्य सोनिया शिलाधर सदस्य सीता पाठक तथा पिस फोर्सका केन्द्रीय सदस्य अजय जैरु, समाज सेवि नारद सिँह धामी र तुलशा रोकायको सहभागीता रहेको युवा नेता अजय जैरुले बताएका छन् ।






