धनगढी। सुदूरपश्चिम प्रदेशमा रास्ट्रियसभा निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ । राष्ट्रियसभा सदस्यकालागि सुदूरपश्चिम प्रदेशसभाको परिसरमा मतदानकालागि आज बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान जारी रहने भएको हो ।
भौतिक पूर्वाधार मन्त्री तथा नेकपा एस संसदीय दलका नेता दीर्घ सोडारीले पहिलो मत दिएका हुन् । निर्वाचनका लागि प्रदेशसभा परिसरमा दुई वटा मतदान केन्द्र निर्धारण गरेको सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए। ५२ जना प्रदेशसभा सदस्यका लागि मतदान केन्द्र ‘क’ नामाकरण गरेर सोही अनुसार व्यवस्थापन गरिसकेको र स्थानीय तहका प्रमुख-उपप्रमुख तथा अध्यक्ष-उपाध्यक्ष गरेर १७५ जनाकालागि मतदान स्थल ‘ख’ निर्धारण गरिसकेको भट्टले जानकारी दिए।’
एमालेले महिलातर्फ कैलालीकी सन्तोष कुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुल्लातर्फ डोटीका डिल्लीराज भट्टको उम्मेदवारी छ। नेपाली कांग्रेसको तर्फबाट खुल्लामा कैलालीका नारायण मिश्र, माओवादी केन्द्रका तर्फबाट दलितमा डडेल्धुरका जगत पार्की र एकीकृत समाजवादीका तर्फबाट महिलामा गरिमा शाहलाई उम्मेदवार छन् । राष्ट्रियसभाका २० सांसद चार वर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनमा बिदा हुँदैछन् । २० जनामध्ये एक जना राष्ट्रपतिबाट मनोनीत हुनेछन् । १९ जनाका लागि निर्वाचन हुनेछ । जसमध्ये सुदूरपश्चिमबाट तीनजना निर्वाचन हुनेछन् ।

सुदूरपश्चिममा रास्ट्रियसभा निर्वाचनको मतदान सुरु, ३ बजेसम्म मतदान जारी रहने
सुदूरपश्चिममा रास्ट्रियसभा निर्वाचनको मतदान सुरु, ३ बजेसम्म मतदान जारी रहने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

