धनगढी। धनगढी चौराहस्थीत विद्युत पोलमा आगलागी भएको छ। धनगढी उपमहानगरपालिकाको ट्राफिक चौराहमा शुक्रबार दिउँसो एक बजे एक्कासी बिद्युतको पोलमा आगलागी भएको जनाइएको छ।
आगलागी कती कारणले भएको हो कारण भने पत्ता लागेको छैन। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको जनाएका छन्।


