दार्चुला। दार्चुलामा बरामद गरिएको ११० लिटर अबैध घरेलु मदिरा नष्ट गरिएको छ। दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर ४ सुनसेरा बजारबाट अबैध घरेलु मदिरा बरामद गरिएको छ।सुनसेरा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक हिमान्सु चन्दको नेतृत्वमा खेटिएको गस्ती टोलीले अबैध घरेलु मदिरा बरामद गरेको हो।
उक्त अबैध घरेलु मदिरा बेचबिखन भईरहेको आशंकामा चेकजाँच गर्दा ११० लिटर घरेलु मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको मदिरा जनप्रतिनिधि, स्थानीय र पत्रकारको रोहवरमा नष्ट गरी अगामी दिनमा मदिरा राखेको पाइएमा कार्वाही गरिने चेतावनी दिइएको बताइएको छ।