धनगढी। किराना व्यवसायी संघ कैलालीको अध्यक्षमा लक्ष्मणराज पन्त सर्वसम्मत चयन भएका छन्। किराना व्यवसायी संघको बुधबार भएको चौथो साधारण सभा अधिबेशनबाट पन्त सर्वसम्मत चयन भएका हुन्। यस्तै संघको उपाध्यक्षमा मिनबहादुर कुँवर, सचिवमा संगम पोखरेल, सहसचिवमा रमेस भाट, कोषाध्यक्षमा रामचन्द्र भट्ट निर्विरोध चयन भएको संघले जनाएको छ।
यस्तै सदस्यमा टेकबहादुर खडरा, देवराज पाण्डेय, दुर्गा कुश्मी र पमानन्द भट्ट चयन भएका छन्।आज एक कार्यक्रमका बिच नेपाल उधोग बाणिज्य महासङ्घका केन्द्रिय सदस्य तथा कैलाली उधोग बाणिज्य संघका अध्यक्ष पुस्पराज कुँवरले साधारणसभाको उद्घाटन गरेका थिए । किराना व्यावसायि संघ कैलालीको चौथो बार्षिक साधारण भव्यताका साथ सम्पन्न भएको जनाइएको छ ।




