कैलाली। कैलालीको गोदावरी नगरमा निकै लोकप्रिय तथा प्रभावशाली मानिएका नेकपा हुनु अघि नै एमाले गोदावरी अध्यक्ष रहेका आनन्द भट्टले पार्टीको कैलाली जिल्ला कमिटी सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
दुर्गालक्ष्मी बहुमुखी क्याम्पस अनेरास्ववियु अध्यक्ष, अनेरास्ववियु कैलाली जिल्ला सहसचिव,सेती अञ्चल कमिटि सदस्य हुँदै दुर्गालक्ष्मी क्याम्पसको स्ववियु सभापति उम्मेदवार, युवा संघको केन्द्रीय अनुशासन आयोग सदस्य भएर काम गरिसकेका भट्ट यसपालि कैलाली जिल्ला कमिटी सदस्यका लागि उम्मेदवार बनेका हुन्।
अध्यक्षका उम्मेदवार रण बहादुर चन्द प्यानल बाट सदस्यमा उम्मेदवारी दिएका भट्ट नेकपा एमाले अत्तरिया नगर कमिटिको प्रथम निर्वाचित अध्यक्ष, नेकपा एकता प्रक्रिया पछि गोदावरी नगर कमिटी सचिव तथा हाल नेकपा एमाले कैलाली जिल्ला कमिटी सदस्य छन् ।
युवा माझ लोकप्रिय रहेका भट्ट एमाले कैलाली जिल्ला सदस्यमा निर्वाचित भए पार्टीलाई सशक्त बनाउने दाबी गर्छन् । उनी युवाको प्रतिनिधित्व सङ्गै आगामी चुनाबमा एक नम्बर पार्टी बनाउने दाबी गर्छन ।


