धनगढी। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले काँग्रेस र कम्युनिष्ट मिलेर देशलाई ३३ बर्ष देखि बन्धक बनाएको बताएका छन् ।
बिहीबार धनगढीमा आयोजित सो पार्टीको प्रदेश स्तरीय आम सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन। उनले भने ‘यसो सबै तिर हेर्दा सामान्य जस्तो लाग्छ, प्रदेशस्तरी सभालाई सम्बोधन गदैँ। ‘तर, सामान्य अवस्था छैन् । ३३ बर्ष देखि देश काँग्रेस, कम्युनिष्टको हातमा बन्धक छ ।’, उनले भने ।
‘काँग्रेस र कम्युनिस्टको विकल्प खोज्न आवश्यक भएको उनले बताए। ‘अब हुने स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा जनताले राजनीतिक दलसँग बद्ला लिने मौका आएको छ’ उनले भने । अध्यक्ष लिङ्देनले राजसंस्था र हिन्दूराष्ट्र देशको आवश्यकता रहेको दावी गरे।उनले राजसंस्था र हिन्दूराष्ट्र नेपालको गौरवसँग सम्बन्धित विषय रहेको उल्लेख गरे । ‘हामीले देशको लागि राजतन्त्र र हिन्दूराष्ट्रको कुरा उठाएको हो’, उनले भने, ‘भोटको लागि होइन ।’
देशमा लोकतन्त्रलाई लुटतन्त्र परिणत भईरहेको आरोप लगाए।अहिलेका ठूला दलहरु लुटतन्त्रको विरोध गर्दा आतिएर राप्रपा प्रतिगमनको प्रचार गरिरहेको बताए । अहिलेका राजनीतिक दलले देश लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाइरहेको उनको आरोप छ । राप्रपा लोकतन्त्रप्रति पूर्ण वफादार भएको उनले बताए । ‘राप्रपा लोकतन्त्रप्रति पूर्ण वफादार रहेको छ । तर, लोकतन्त्र र गणतन्त्रको नाममा भईरहेको लुटतन्त्र सहेर बस्नेवाला छैन् ।’
ठूलो बनाउँदा दलहरुले राजनीतिलाई पेशा जस्तो बनाएको उनको आरोप लगाए । ‘राजनीतिलाई पैसा कमाउने सजिलो माध्याम बनाएका छन्’, उनले भने । ‘भ्रष्ट्राचार माथि देखि तलसम्म संस्थागत भएर गएको छ ।’ भष्ट्राचार भएको काण्डहरु ललिता निवास जग्गा प्रकरण देखि वाइडबडी सम्म देशका सबै ठूला राजनीति दलहरुको संलग्ता रहेको उनको भनाई छ । ‘यसले गर्दा यो भष्ट्राचार काण्डमा निर्णय गर्ने ठाउँमा प्रधानमन्त्री, मन्त्रीहरुलाई कारवाही बाट चोखिने र चोख्याउने काम भईहरको छ’, उनले भने । अहिले केहि कर्मचारीहरुलाई कारवाहीको नाटक गरेर राजनीतिक दलहरुका नेताहरुलाई उन्मुक्ति दिने काम भईहरहेको उनले बताए।
राप्रपाले भर्खरी सम्पन्न भएको महाधिवेशनबाट नेतृत्व परिर्वतन गर्यो यसरी देशको राजनीतिमा ध्रर्विकरण गरेर छाड्ने अध्यक्ष लिङदेनले बताए । ‘देशलाई हिन्दुराष्ट्र चाहिनेहरु राप्रपा तर्फ आकर्षण भएका छन्’, उनले भने । राजनीतिलाई पेशा बनाएर परिवारलाई जागिर दिनेहरु विस्तारै पाखा लाग्ने उनको तर्क छ । देशलाई माया गर्नेहरु राप्रपा आउनुस् आह्वान समेत उनले गरे । ‘देश विग्रियो भने कुनै नेताहरुको भविष्य विग्रिने छैन्’, उनले भने । ‘युवाहरुको भविष्य पक्कै पनि विग्रिने छ। यसमा एक पटक सोच्नुहोस् ।’ उनले अहिलेका ठूला राजनीतिक दलहरुले देशमा कुनै पनि कार्य गर्न नसकेको ठोकुवा गरे । ४ बर्षमा ५ हजार युवाहरुले रोजगार पाउने उद्योग समेत खोल्न नसकेको राजनीति दलबाट जनताले विकास कुनै पनि आश नरहेको उल्लेख गरे । राप्रपाको आमसभामा पार्टीका वरिष्ठ नेता डाक्टर प्रकाशचन्द्र लोहनी, महामन्त्रीद्वय डाक्टर धवलशमशेर राणा र भुवन पाठक, पूर्वमन्त्री जयन्त चन्द, प्रदेश अध्यक्ष धर्मराज जोशी लगायतका नेताले सम्बोधन गरेका थिए ।यहाँ तल राजेन्द्र लिङ्देनको सम्बोधन हेर्नुहोस (भिडीयो)मा https://www.facebook.com/supamedia01/videos/2065487480285200


