धनगढी। मदिरा ब्यवसायी संघ कैलालीको साधारण सभा पौष २४ गते धनगढीमा हुने भएको छ। मदिरा ब्यवसायी संघ कैलालिको तेस्रो वार्षिक साधारण सभा पुस २४ गते धनगढिको देव तालिम केन्द्रमा आयोजना हुने मदिरा ब्यवसायी संघ कैलालीले जनाएको छ।
मदिरा ब्यवसायी संघ कैलालीको मंसिर १० गते बसेको संघको जिल्ला कार्य समितिको बैठकले पुस २४ गते साधारण सभाको आयोजना गरिन लागेको संघका जिल्ला अध्यक्ष पुस्करराज भाटले जानकारी दिएका छन्। यस्तै वार्षिक साधारण सभाका लागि आवश्यक सबै तयारी पुरा भएको मदिरा ब्यावसायी संघ कैलालीका सचिव प्रेम बहादुर धामीले जानकारी दिए।
कार्यक्रमका लागि मदिरा संघमा आवद्ध ब्यवसायी, अतिथि लगायतलाई पत्राचार गरिसकिएको र अन्य आन्तरिक कामका लागि विभिन्न उप-समितिहरुले काम गरिरहेको सचिव धामीले वताए। संघको वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रमका लागि प्रमुख अतिथिका रुपमा नेपाल मदिरा ब्यबसायी महासंघका केन्द्रिय अध्यक्ष सोनाम शेर्पा आउने कोषाध्यक्ष प्रमान्नद भट्टले जानकारी दिए। कार्यक्रममा मदिरा संघ कैलालीमा आबद्ध १५५ जना मदिरा ब्यबसायीहरु र अन्य सरोकारवाला गरि ३सय भन्दा वढिको सहभागि हुने मदिरा संघ कैलालीले जनाएको छ।


