कञ्चनपुर। कञ्चनपुर भिमदत्त नगरपालिका वडा नम्बर १० बाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी गस्ती टोलिले भिमदत्त नगरपालिका ५ सुकासालका २९ वर्षीय दिकरदेब भट्टलाई पक्राउ गरेको हो।
कञ्चनपुर भिमदत्त नगरपालीका वडा नम्बर १० को ७ नम्बर पिल्लर स्थित पैदल हिन्दै गरेका उनलाई लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनको साथबाट सेतो कागज भित्र लुकाई राखेको अवस्थामा ०.१४ ग्राम लागुऔषध (खैरो हिरोईन) फेला परेको प्रहरीले जनाएको छ । उनी माथी कानून बमोजिम थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।


