कञ्चनपुर। कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्।
आज दिउँसो १३ः१५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय गड्डाचौकी महेन्द्रनगरबाट खटिएको प्रहरी टोलिले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको हो ।
कञ्चनपुरको भिमदत्त नगरपालीका १० गड्डाचौकी बजारबाट भीमदत्त नगरपालिका–६ ऐठपुरका २६ वर्षीय हरिशप्रसाद जोशी र २५ वर्षीय सागर बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जोशीको साथबाट ८.२५ ग्राम चरेश र बोहराको साथबाट ०.६३ ग्राम चरेश फेला परेको छ। दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


