कैलाली। नेकपा एमालेको जिल्ला अधिवेशनको मिति नजिकिएसँगै कैलालीमा अध्यक्षका उम्मेदवारहरूको चर्चा सुरु भएको छ । नेकपा एमाले कैलालीको जिल्ला अधिवेशनमा उम्मेदवारहरू को हुने र अध्यक्षमा दाबी क-कसले गर्ने भन्ने चर्चा सुरु भएको हो ।
आगामी २३ गते हुने जिल्ला अधिवेशनमा कैलाली अध्यक्षका लागि तीन जनाको चर्चा छ। वर्तमान अध्यक्ष रतन थापा पुनस् अध्यक्षमा दोहोरिने बताइरहेका छन् । उनी बाहेक उपाध्यक्ष रण बहादुर चन्द र जिल्ला कमिटी सचिवालय सदस्य डेजी पाण्डेयले पनि अध्यक्षमा दाबी गरिरहेको चर्चा छ।
सुदूरपश्चिम प्रदेशमा सबै भन्दा धेरै कैलालीमा २२ हजार बढी सङ्गठित सदस्य रहेका छन् । २३ गते सबै जिल्लामा एमालेको जिल्ला अधिवेशन तोकिएको छ ।जिल्ला अधिवेशन नजिकिएसँगै अध्यक्ष पदका उम्मेदवारहरूको चर्चा सुरु भएको हो । अधिवेशनका लागि केन्द्रिय नेताहरुको आर्शिवाद रहने चर्चा हुने गरेको छ । केहि नेता कार्यकर्ताहरु रणबहादुर चन्दको सम्भावना बढी रहेको बताउने गरेका छन् ।


