कञ्चनपुर। कञ्चनपुरको कृष्णपुरमा भन्सार छलिका अवैध सामान बरामद गरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरी गस्ती टोलिले कृष्णपुर नगरपालिका ५ बनदेबि सामुदायिक वन जंगलमा भारतबाट अबैध रुपमा भन्सार चोरी पैठारी गरी ल्याइएका सामान बरामद गरेको हो। भारतबाट अबैध रुपमा भन्सार चोरी पैठारी गरी
ल्याईएको सर्ट थान कपडा ६ रोल, कोट पाईन्ट थान कपडा १५ रोल गरी ९२ हजार ७४० मुल्यका सामान रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । बेवारिसे अवस्थामा फेला परेका ति सामान आवश्यक कारबाहीका लागी गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


