कैलाली। कैलालीको गोदावारी नगरपालिका वडा नम्बर ५ को जंगलमा एक युवक मृत फेला परेका छन्। घरवाट मिल जान्छु भन्दै गएको मंसिर २७ गतेदेखी बेपत्ता भएका अन्दाजी २० बर्षीय मुकेश साउँद गेटा सामुदायिक वनमा मृत फेला परेका हुन्।
सुस्त मनस्थिती भएका साउँदको शव आईतबार गोदावरी ५ गेटामा सामुदायिक बनमा फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जानकारी दिएको छ। १५ दिन देखी बेपत्ता साउँदको जाडोका कारण जंगलमै कट्याङ्ग्रीएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ।
‘माथिल्लो शरिरमा सेतो कालो रङ्गको ट्रयाकसुट, तल्लो शरिरमा निलो जेन्स पाइन्ट लगाएका मृत फेला परेका थिए,’। घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ। उनको शव पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाइएको ईप्रका मालाखेतीले जनाएको छ।


