कैलाली। कैलारी गाउँपालिकाका बाढीपिडीतहरुलाइ राहत वितरण गरिएको छ। अहिलेसम्म राहातका लागी कसैले पनी सहयोग नगरेको भन्दै नेपाल परिवार दल, स्थानिय नेता तथा बिभिन्न सहयोगी संस्थाबाट बाढीपिडीतहरुलाई राहात बितरण भएपछि उनीहरुमा खुसीयाली छाएको हो।
पछिल्लो समय निरन्तर सुदुरपश्चिमका बिभिन्न जिल्लाका टोलबस्ती समुदाय तथा घरपरिवारसम्ममा नै पुगेर पिडीतहरुलाई राहात बितरण गर्दै आइरहेका नेपाल परिवार दलका युवा नेता खडक नागरीको पहलमा आज कैलालीको कैलारी गाउँपालिकाका बाढीपिडीतलाई राहात तथा खाद्यान्न बितरण गरिएको हो। नेपाल परिवार दलका युवा नेता नागरीसंगै
कैलारी गाउँपालिका क्षेत्रका युवा नेता नरेश दहित र गङगा राम चौधरी ज्युको पहल तथा टीजुची फाउण्डेशनको सहयोगमा कैलारी गाउँपालिका थारु समुदायमा वडा नम्बर ६ र ९ का ५० जना बाडिपिडितहरुलाइ राहात तथा खाद्यान्न बितरण गरिएको युवा नेता नागरीले जानकारी दिए। कैलारी गाउँपालिकाका थारुसमुदायमा राहात तथा खाद्यान्न बितरण गरिएपछि निकै खुसी भएको उनले बताए।
उनीहरुलाई २५ केजि चामाल १० केजि ज्ञान आटा मसुरको दाल, चिनि, चना ,तेल,नुन,४ पिस साबुन राहत वितरण गरिएको छ उनले भने। साथै उनीहरुले विकट ठाउँमा राहत लिएर आएका पार्टीका नेता खडक नागरीलाइ स्थानिय बासिन्दाले धन्यवाद दिएका छन् । साथै युवानेता नागरीलाइ यश क्षेत्रबाट सबै स्थानीयले सहयोग गर्ने र अझै पनि थप यस्ता राहत ल्याउन आशा गरेका छन । भने नागरीले पनि आफु र पार्टीको तर्फबाट सक्दो सहयोग गर्ने आस्वासन दिएका छन् ।


