काठमाडौं। नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत बन्दसत्र भोलि सुरु हुने भएको छ । माओवादी केन्द्रको आठौं महाधिवेशनको उद्घाटन आइतबार काठमाडौंमा सम्पन्न भएको हो ।
उद्घाटनसत्र सकिएसँगै भोलिबाट बन्दसत्रको कार्यक्रम सुरु हुने माओवादी केन्द्रले जनाएको छ। नेता जनार्दन शर्माका अनुसार भोलि विहान ११ बजेबाट बन्दसत्रको कार्यक्रम सुरु हुने छ। देशभरबाट माओवादीका प्रतिनिधिहरु काठमाडौं आइपुगेका छन्। १६ बढी प्रतिनिधिहरु बन्दसत्रमा सहभागी हुनेछन् । माओवादीय यस महाधिवेशनलाई विचारको महाधिवेशन भनेको छ ।
उद्घाटनमा के-के भयो ?
माओवादी केन्द्रको शनिवार बसेको बैठकले राष्ट्रिय सम्मेलनलाई नै महाधिवेशन बनाउने निर्णय गरेको हो । हतारमा गरेको निर्णयका कारण कार्यक्रममा ढिलाई भएको थियो । शनिवार केन्द्रीय कार्यालय पेरिशडाँडामा बसेको वैठकले आज १ बजेबाट कार्यक्रम सुरु गर्ने भनिएता पनि कार्यक्रम झण्डै ४ बजेबाट सुरु भएको थियो । त्यस्तै कार्यक्रमको सुरुवातमा नै धेरै प्राविधिक त्रुटिहरु भएका थिए । त्यस्तै अथितिहरुले समेत आउनमा ढिलाई गरेका थिए ।
कार्यक्रममा को को सहभागी थिए ?
आजबाट सुरु भएको माओवादी केन्द्रको महाधिवेशनमा प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवा, नेकपा९एकिकृत समाजवाद०का अध्यक्ष माधव कुमार नेपाल, नेकपा९एमाले०का महासचिव शंकर पोखरेल, नेकपा९माले०का अध्यक्ष सिपि मैनाली, क्रान्तिकारी माओवादीका नेता सिपि गजुरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल, लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झा लगायतका विधिन्न नेताहरु उपस्थित थिए। कार्यक्रममा पुर्व माओवादीहरु, राम बहादुर थापा(बादल), मोहन वैद्य, नेतविक्रम चन्द(विप्लव), बाबुराम भट्टराई लगायतका नेताहरु भने उपस्थित थिएनन् ।
वामपन्थिहरु एक हुने शंकेत
जारी महाधिवेशनमा सहभागी नेताहरुले एउटै विचारका अभिव्यक्तिहरु दिएका थिए । कार्यक्रममा सहभागी भएका नेताहरुले एउटै विचार प्रस्फुटन हुने खालका अभिव्यक्तिहरु दिएका हुन्। सहभागी मध्य अधिकांस सत्ता गठबन्धनका नेताहरु थिए, यद्यपी प्रतिपक्षका नेताहरुको समेत एउटै विचार प्रस्फुटन भएको थियो । नेकपा क्रान्तिकारी माओवादीका नेता गजुरेलले माओवादी केन्द्रहरु फेरी एक हुन सक्ने आस्वासन दिएका थिए र प्रतिगमन परास्त गर्न वामपन्थिहरु एक हुनुपर्नेमा जोड दिएका थिए । त्यस्तै नेकपा मालेका नेता मैनालीले माओवादीले बोकेका एजेण्डा कहिले पुरा हुन्छ भन्ने खालका प्रश्नहरु उठाएका थिए । उनले समेत देशको विकासका लागि वा सरकारको उचित नेतृतवको लागि वामपन्थि नेताहरु एक हुनुपर्ने आश्वासन देखाएका थिए ।
त्यस्तै नेकपा एमालेका महासचिब शंकर पोखरेलले समेत एमाले र माओवादी बिचको एकता उचित रहेको र पुनः एक हुनुपर्नेमा जोड दिएका थिए । उनले देशमा विकासको लागि कम्युनिष्ट विचार धाराका पार्टीहरु एकिकृत हुुनुपर्नेमा समेत जोड दिएका थिए । त्यस्तै नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समेत वामपन्थिहरुको एकताप्रति केही आश्वासन प्रकट गरेका थिए । कार्यक्रमको अन्त्यमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबैको बिचारप्रति खुसी व्यक्त गर्दै वामपन्थीहरुको एकता देश विकासकोे लागि हितकारी रहेको विषयप्रति जोड दिएका थिए । उनले भने,‘एमालेसँगको एकता गलत थिएन, गल्ति थिएन, फेरी सबैले एकपटक आत्मा आलोचना गरौँ’। उनको यो अभिव्यक्तिले वामपन्थीहरु कतै एक हुन्छन् कि भन्ने खालका आशाहरु समेत बोकेको छ।
प्रचण्ड-ओली वार्ता
महाधिवेशनको निम्तो दिने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच कुराकानी भएको छ । महाधिवेशन अघि प्रचण्ड र ओलीबीच कुराकानी भएको प्रचण्डले दाबी गरेका थिए भने नेकपा एमाले कै महासचिव शंकर पोखरेलले समेत ओली कार्यव्यताका कारण कार्यक्रममा सहभागी हुन नसकेको जनाएका थिए ।


