धनगढी। धनगढीमा अटोरिक्सा चालकले मनपरी भाडा असुलेको भन्दै स्थानियहरुले हुलाकी सडक अवरोध गरेका छन् । कैलालीको धनगढी उमहानगरपलिका हुलाकी सडक खण्ड अन्तरगत क्याम्पस चोकदेखि फूलवारीसम्म अटोरिक्सा चालकले मनपरी भाडा असुलेको भन्दै युवा तथा स्थानियहरुले अटोरिक्सा सञ्चालनमा अवरोध गरेका हुन्।
स्थानियहरुले भाँडादर घटाउनु पर्ने माग गर्दै हुलाकी सडकमा अटोरिक्सा संचालनमा रोक लगाएका छन्। अटोरिक्सा चालकले छोटो दुरीको यात्रामा दोब्बर भाडा असुलेको स्थानियहरुले बताएका छन् । आज बिहानैदेखि धनगढी फूलवारी सडक खण्ड अन्तरगत फूलवारीको स्याउले बजारमा जम्मा भएका स्थानिय युवाहरुले अटोरिक्सा संचालनमा रोक लागाएका छन्।
अटोरिक्सा चालकहरुले १९ किलोमिटर धनगढीको क्याम्पसचोक देखी फूलवारी आई गाँउ सम्म १ सय र करिब ११ किलोमिटर स्याउले बजार सम्मपनि १ सय रुपियाँ नै भाडा लिदै आएका छन्। स्थानिय महेश गोलेले क्याम्पस चोकदेखि फूलवारीको स्यालेबजार,डिपोबजार, पच्चीसघर, र आईगाँउ सम्म क्रमश ७०,८०,९० र १०० रुपियाँ भाडादरतय गर्नुपर्ने बताए । अटोरिक्सा चालकहरुले स्थानियहरुले तोके अनुसार भाँडादर कायम नगरे हुलाकी सडकमा अटोरिक्सा संचालन गर्न नदिईने स्थानिय जोन तामाङले बताए ।


