धनगढी। कैलालीका तीनजना ट्राफिक प्रहरी सर्वोत्कृष्ट घोषित भएका छन् । कार्य सम्पादन मूल्यांकनका आधारमा सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले तीनजना ट्राफिक प्रहरीलाई पुरस्कृत गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार जीवन सिंहसहित अन्य दुईजना पुरस्कृत भएका हुन्।
प्रहरी हवल्दार जीवन सिंह असोज महिनाको प्रदेशकै उत्कृष्ट भएका हुन्। भने अस्थायी ट्राफिक प्रहरी पोष्ट टिकापुरमा कार्यरत प्रहरी जवान देबेन्द्र बहादुर साउँद कार्तिक र प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा कार्यरत प्रहरी जवान भुपेन्द्र बहादुर थापा मंसिर महिनाको प्रदेशकै उत्कृष्ट ट्राफिक घोषित भएका हुन्। उनीहरु तीनै जनालाई बुधबार प्रदेश ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै प्रदेश ट्राफिक प्रमुख तथा प्रहरी उपरीक्षक बामदेब गौतमले अवार्ड र नगद पुरस्कार प्रदान गरेका हुन् ।



