धनगढी। कैलालीमा बेबारीसे अबस्थामा डल्लब सहित काठ बरामद गरिएको छ । कैलालीको कैलारी गाउँपालीका ७ रामपुर स्थित हुलाकी सडक खण्डमा सिमा प्रहरी चौकि रामपुर कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारीसे अबस्थामा डल्लब सहित काठ बरामद गरेको हो।
मंगलबार राती ११ः५० बजे कैलारी गाउँपालिका ७ रामपुरस्थित हुलाकी सडक खण्डमा काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सीमा प्रहरी चौकि रामपुरबाट खटिएको प्रहरी टोलीले डल्लबमा बेवारिसे अवस्थामा राखेका ७ फीट लम्बाईका २१ वटा सालको कडी (काठ) बरामद गरेको हो ।उक्त बेबारीसे अबस्थामा डल्लब सहित काठ नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको कैलाली प्रहरीले जानकारी दिएको छ ।


