धनगढी। कैलालीको धनगढीमा बालवालिकाहरुले आमाको माया छात्रबासलाई सहयोग गरेका छन्। धनगढीमा सञ्चालीत एक तालिमका सहभागि वालवालिकाहरुले व्यक्तिगत रुपमा रकम संकलन गरि छात्राबासलाई सहयोग हस्तान्तरण गरेका हुन्।
युनिसेफ नेपालको सहयोग, धनगढी उप–महानगरपालिकाको सहकार्य र बास नेपालको आयोजना वालवालिका तथा युवाहरुको सहभागितामा सञ्चालीत तिन दिन क्षमता अभिबृद्धी तालिमका सहभागिहरुले उक्त सहयोग हस्तान्तरण गरेका हुन्। तालिममा सहभागि ३० जना वालवालिका तथा युवाहरुले प्रतिब्यक्ति १ सय रुपैया संकलन गरि जम्मा भएको २ हजार ४ सय ४५ रुपैयाँ धनगढीको तारानगरमा रहेको आमाको माया छात्राबासमा पुगेर हस्तान्तरण गरेका हुन।
बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलासँगै सहभागिहरुले संयुक्त रुपमा छात्राबासलाई रकम हस्तान्तरण गरेका हुन । उक्त छात्राबासमा विपन्न परीवारका २९ जना बालवालिका निशुल्क रुपमा बस्दै आएका छन् । तालिममा सहभागी बालबालिकाहरुले आफ्नो खाजा खर्च बचाएर छात्राबासलाई आर्थीक सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गरेका छन्। तालिमको अवसरमा मानविय कार्य गर्न उत्प्रेरणा दिने आयोजक प्रति सहभागि बालवालिकाहरुले धन्यबाद ज्ञापन गरे । सहयोग हस्तान्तरण कार्याक्रममा बासका केन्द्रीय अध्यक्ष रमेश सिटौला, बासका निर्देशक हेमराज भट्ट, बास कैलालीका अध्यक्ष पाण्डव पुजारा, तेज बोहरा लगाएत वालवालिका र युवाहरुको सहभागीता रहेको थियो ।


