धनगढी। राष्ट्रियसभा सदस्य लागि आगामी माघ १२ मा हुन गइरहेको निर्वाचनका लागि मतदाता र मतदान केन्द्र तोकिएका छन् । त्यस्तै देशभर १४ वटा मतदान केन्द्र रहने जनाएको छ। निर्वाचन आयोगका अनुसार प्रदेशसभा सदस्यहरू ५३२ र पालिका प्रमुख र उपप्रमुख १४९३ गरी जम्मा २०२५ मतदाता हुनेछन्।
यस निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशको लागि प्रदेश सभा भवन, धनगढीमा मतदानस्थल रहने आयोगले जनाएको छ। सुदूरपश्चिम प्रदेशको लागि प्रदेश सभा भवन धनगढीमा मतदानस्थल रहने गरी तोकिएको छ । यसैगरी प्रदेश नं. २ को लागि महेन्द्र नारायण निधी भवन, बागमती प्रदेशको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र, दाङ, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत तोकिएको आयोगले जनाएको छ ।


