धनगढी। धनगढीमा वायु प्रदुषण तथा जन स्वास्थ्यमा हुने प्रतिकुल असरलाई कम गर्न प्लास्टिक प्रतिबन्ध गर्ने निर्णय कार्यान्वयनमा आउन सकेको छैन्। बिगत दुई वर्ष अगाडिदेखी प्लास्टिक प्रतिबन्ध गर्ने धनगढी उपमहानगरपालीकाले नीतिगत निर्णय गरेको भएपनी कार्यान्ययनमा आउन नसकेको हो।
धनगढीस्थीत त्रिनगर कृषि उपज हाट बजारबाट अभियानकै रुपमा प्लास्टिक प्रतिबन्ध गर्ने कार्यक्रमको सुरुवात गरिएको थियो। धनगढी उपमहानगरपालीकाले नीतिगत निर्णयमा प्लाष्टिक र अन्य फोहर जलाउन र जथाभाबी फाल्न पतिबन्ध गर्ने निर्णय गरेको थियो । यदि त्यसो गरेको पाइएमा फोहरमैला ब्यवस्थापन ऐन २०६८ तथा नियमावली २०७० बमोजिम १ लाख जरीवाना वा ३ महिना जेल दुबै सजाय हुनसक्ने ब्यवस्था छ। तर सो नितीगत निर्णय कार्यान्वयनमा समस्या भएको छ । धनगढी ५ तारानगरका शंकर बहादुर कार्कीले प्लास्टिकलाई प्रतिबन्ध गर्ने अभियानले निरन्तरता नपाउँदा र उपमहानगरपालीकाले कार्यान्वयनमा कडाई नगर्दा यो समस्या आएको बताए ।
यो निर्णय गराउन त नगरपालीकाले हाटबजारमा ब्यवसाय गर्ने ब्यापारी माथी कार्बार्ही गर्नुपर्छ उनले भने । ब्यापारीले २५ मुल्य पर्ने कपडाको झोलालाई ५० मा भन्ने । अनी यसरी ५० मुल्यमा त तरकारी नै आउँछ । त्यो भन्दा सक्तोमा प्लाष्टिकै झोला पाउँछ । प्लाष्टिकलाई निषेध गर्न कपडाको झोला बितरण गरिएपनी त्यो प्रयोगमा नआएकोले उपभोक्ता र ब्यापारी दुबैले नमान्ने गरेको पाइयो उनले भने । कपडाको झोला महङ्गो पर्ने भएकाले र ग्राहकले महङ्गो भन्दा सस्तोमा प्लाष्टिकको झोला पाइने गर्दा प्लास्टिक प्रतिबन्ध गर्न नसकिएको बताए । प्लास्टिकलाई प्रतिबन्ध गर्ने अभियानले निरन्तरता नपाउँदा धनगढीमा प्रदूषण फैलिएको धनगढी १ का गोपाल भट्टले बताए । उनले भने घोषणा मात्रै गरेर हुँदैन । ‘नगरपालिका आफैले गरेको निर्णय कार्यान्वयन गर्न असफल भएको छ। जनप्रतिनिधिकै उदासिनताका कारण यो समस्या देखिएको हो’ उनले भने।
सडक बरीपरी फोहरमैला बढ्ने, खोलानालामा फोहरजन्य बस्तुको थुपार्ने गर्दा वातावरण नै अस्तबेस्त बन्ने उनको भनाई छ । यस तर्फ सम्बन्धित निकायको ध्यान जानुपर्छ उनले उनले भनेका छन् । यस्तै धनगढीस्थीत त्रिनगर कृषि उपज हाट बजार ब्यवस्थापन समितीका अध्यक्ष भवान सिँह चैसिरले भने खास समस्या भनेको प्लास्टिक उत्पादन गर्ने कम्पनीले प्लास्टिकका झोलाहरु उत्पादन गरिरहेको छ । बन्द छैनन् । कोरोना कारण प्लास्टिक प्रतिबन्ध गर्ने अभियानले निरन्तरता पाउन नसकेको उनको भनाई छ । यस्तै उनले उपभोक्तामा चाँसो नभएको बताए । कपडाको झोला लगेपछि त्यही झोला लिएर उपभोक्ता बजारमा आउँदैन । यसो नगर्न भनेर उपभोक्तालाई सचेतना दिएको र प्लाष्टिक झोला रोक्न पहल गरेपनी कार्यान्वयनमा समस्या भएको बताए । यस्कालागी त सरकारले प्लास्टिक उत्पादन गर्ने कम्पनी बन्द गर्नुपर्छ उनले भने । यता धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले कोरोना महामारी कारण उक्त निर्णय कार्यान्वयनमा गर्न चुनौती देखिएको बताए। उनले भने ‘प्लास्टिक नियन्त्रण गर्न अभियाननै सञ्चालन गरेका थियौं। कोरोनाका कारण अगाडि बड्न सकेन अझ फेरि सुरु गर्ने तयारीमा छौं।’


