कैलाली। राष्ट्रिय जनमोर्चाका कैलालीका उपाध्यक्ष तथा प्रदेश कमिटी सदस्य गोरबहादुर विक नेकपा एमालेमा प्रवेश गरेका छन् । विकलगायत ११ जनाले जनमोर्चा परित्याग गरी एमालेमा प्रवेश गरेका हुन्।
एमाले कैलालीका अध्यक्ष रतन थापा, उपाध्यक्ष रणबहादुर चन्द, पार्टी सचिव दानबहादुर विश्वकर्माले टीका खाँदा लगाएर पार्टीमा स्वागत गरेका छन् ।
राष्ट्रिय जनमोर्चाबाट एमाले प्रवेश गर्नेमा उपाध्यक्ष बिक, जिल्ला कमिटी सदस्य बाजी विक, कैलारी गाउँपालिकाबाट गाउँ कमिटी सदस्यहरू टिकादेवी टमटा, मोतीसिंह टमटा, लक्ष्मी देवी विक, सन्त कोली र वीरबहादुर विक रहेका छन्।
त्यस्तै बदैगोरीयाका बालकुमार स्वर्णबार, गौरीगंगाका जमुनादेवी सुनार र विकास विकले पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा जिल्ला कमिटीका नेता, धनगढी नगर कमिटीका अध्यक्ष, कैलाली गाउँपालिका अध्यक्ष लगायतका नेताहरूको सहभागिता थियो ।
जनमोर्चा कैलालीका उपाध्यक्षसहित ११ जना एमालेमा प्रवेश
जनमोर्चा कैलालीका उपाध्यक्षसहित ११ जना एमालेमा प्रवेश
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

