काठमाडौं। कांग्रेस सभापतिका लागि भएको मतदानमा शेरबहादुर देउवाले अग्रता बढाएका छन्।
अहिलेसम्म देउवाले १०५१ मत प्राप्त गर्दा शेखर कोइरालाले भने ७९३ मत प्राप्त गरेका छन्। प्रकाशमान सिंहले २०४, विमलेन्द्र निधिले १७४ र कल्याण गुरुङले १० मत प्राप्त गरेका छन् ।


